२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ट्राफिक प्रहरीलाई कुट्ने ९ जना पक्राउ

काठमाडौँ — ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आक्रोशित भीडले घिमिरेलाई कुटपिट गरेको थियो । 

ट्राफिक प्रहरीलाई कुट्ने ९ जना पक्राउ

ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

एसएसपी राईका उनीहरुमाथि ट्राफिक जवानमाथि कुटपिट,स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी गरिएको निषेधाज्ञा आदेशको उल्लंघन,संक्रामक रोग २०२० अनुसार जारी गरिएका आदेशको उल्लंघन र ज्यान मार्ने उद्योगमा छानबिन सुरु गरिएको छ ।

आक्रमणमा पर्ने जवान कमलप्रसाद घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए । जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै उनी ड्युटीमा खटिएका थिए । घाइते जवान ललितपुरको अल्का अस्पतालमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस्ः

भीडले आक्रमण गरेका प्रहरी जवान भन्छन्- 'स्थानीयको सहयोग र हेलमेटले जोगायो'

प्रकाशित : भाद्र १८, २०७७ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?