शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म ललितपुरको सहरी क्षेत्रमा कर्फ्यु

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । 

शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म ललितपुरको सहरी क्षेत्रमा कर्फ्यु

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो । बिहीबार पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए ।

स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यु वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु आदेश

प्रकाशित : भाद्र १८, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?