कोरोना संक्रमणबाट तनहुँकी ९२ वर्षीया महिलाको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लामा एक ९२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ती महिलाको सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचारको क्रममा बिहीबार निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणबाट तनहुँकी ९२ वर्षीया महिलाको मृत्यु

दम, मुटु तथा मिर्गौला रोगको उपचाररत ती महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराएका छन् ।

यस्तै, बुधबार नै व्यास नगरपालिका–२ निवासी २० वर्षीया युवतीको पनि कोरोना संक्रमणबाट काठमाडौंमा निधन भएको थियो । यस अगाडि पोखरामा व्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको थियो ।

त्यस्तै, जिल्लामा हालसम्म २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २०९ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


प्रकाशित : भाद्र १८, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?