२४ घण्टामा ९ सय १७ जना डिस्चार्ज 

हालसम्म निको हुनेको संख्या २४ हजार २ सय ७

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । 

२४ घण्टामा ९ सय १७ जना डिस्चार्ज 

मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६४९ जना रहेका छन् । सकृय संक्रमितको संख्या १८ हजार ४१३ जना रहेको छ ।

प्रकाशित : भाद्र १८, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?