पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित- समाचार - कान्तिपुर समाचार

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहिबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तस्बिर : रोयटर्स

कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको जनाए ।

प्रकाशित : भाद्र १८, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप [तस्बिरहरु]

झडपमा परी केही प्रहरी, पत्रकार तथा युवाहरु घाइते
तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका थिए । दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो । झडपमा परी केही प्रहरी,पत्रकार,तथा युवाहरु घाइते भएका छन् ।


प्रकाशित : भाद्र १८, २०७७ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×