२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हुम्लाको सर्केगाडमा भीषण आगलागी, १५ घर जले

छपाल लामा

हुम्ला — जिल्लाको सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएको छ । एक घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु जलेको स्थानीय धर्मराज जैसीले बताए । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेका छन् । 

स्थानीयले ठूलो प्रयास गर्दा पनि राति अबेरसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । 'आगोले वामनवाडाका घरहरु जलिरहेका छन् तर हामीले केही गर्न सकेका छैनौं' जैसिले भने । आगो नियन्त्रणका लागि स्याउला, माटो पानीको प्रयोग गरिएको छ । आगो निभाउन प्रहरी, स्थानीय र रोडिकोट नजिकका गाउँका मानिससमेत लागेको जैसीले बताए । आगलागी भएको गाउँमा १ सय २२ घरधुरी रहेका छन् ।

रोडिकोटमा भएको आगलागी नियन्त्रणका लागि नजिकको सर्केगाड प्रहरी चौकीको टोली परिचालन गराएको हुम्लाका प्रहरी प्रमुख सूर्यप्रसाद सुर्वेदीले जानकारी दिए । उनका अनुसार जिल्लाको विकटताका कारण आगो नियन्त्ररणमा ल्याउन समस्या भएको छ । आगलागी स्थल पुग्न हुम्ला सदरमुकाम सिमकोटबाट पैदल दुई दिन लाग्छ ।

प्रकाशित : भाद्र १७, २०७७ २३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?