२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोना निको भएर एकैदिन ११ सय १२ जना घर फर्किए

काठमाडौँ — देशभरबाट एकैदिन ११ सय १२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।  

कोरोना निको भएर एकैदिन ११ सय १२ जना घर फर्किए

बुधबार अपराह्नसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । यो ५६ प्रतिशत हो । २४ घन्टाको अध्यावधिक विवरण सुनाउने क्रममा मंगलबार ७ सय ६८ जना डिस्चार्ज भएको जनाइएको थियो ।

अझै १८ हजार १ सय ८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार ६ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घन्टामा १२ हजार ८ सय ७९ पीसीआर परीक्षण भएका छन् ।


प्रकाशित : भाद्र १७, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?