काठमाडौं उपत्यकामा थपिए ३ सय ८८ कोरोना संक्रमित - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा थपिए ३ सय ८८ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित फेला परेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

२४ घन्टाको अद्यावधिक विवरणमा मंगलबार काठमाडौं उपत्यकाका ३ जिल्लामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

देशभर भने बुधबार ११ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : भाद्र १७, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरमा थप २२ जनालाई कोरोना पुष्टि

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र २२ जना कोरोना संक्रमित मकवानपुरमा थपिएका हुन् ।

तस्बिरः सटरस्टक ।

हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २० जना हेटौंडा उपमहानगरभित्रका, १ जना मकवानपुरगढी–३ बस्ने १ जना र बारा स्थायी ठेगाना भई मकवानपुरमा बस्दै आएका १ जना रहेको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

उनीहरुको भदौ १५ गते स्वाब संकलन गरिएको थियो । कूल एकसय ४० जनाको स्वाब परीक्षण गर्दा सात महिला र १५ जना पुरुषमा कोरोना पुष्ष्टि भएको चौलागाईंले बताए ।

उनका अनुसार संक्रमित सबैलाई हेटौंडा–६ गौरीटारमा रहेको आइेसोलेसनमा ल्याउने तयारी भइरहेको छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ७६ पुगेको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×