कोरोनाबाट भक्तपुरमा थप एकको मृत्यु 

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका कोरोना संक्रमित ७७ वर्षीय पुरुषको उपचारको क्रममा
आइतबार मृत्यु भएको छ ।

कोरोनाबाट भक्तपुरमा थप एकको मृत्यु 

समिट अस्पतालमा उपचाररत ती पुरुष दमका रोगी रहेको वडाध्यक्ष सुरज खड्काले बताए । उनी भदौ ११ मा अस्पताल भर्ना भइ सोही दिन पीसीआर परीक्षण गराएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि धुलिखेल अस्पताल लैजान एम्बुलेन्समा राख्दा–राख्दै अस्पतालमै मृत्यु भएको खड्काले बताए । मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भएको वडा कार्यालयले जनाएको छ ।

मृतकको उपचारमा संलग्‍न चिकित्सक, स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको वडाध्यक्ष खड्काले बताए । यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

भक्तपुरमा शनिबार मात्रै भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १४, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?