कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुग्यो

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । शुक्रबार अपराह्नसम्म १९५ जनाको मृत्यु भएको थियो । 

कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुग्यो

मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार मृतकमा ३ महिला र ९ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा

  • पाल्पाकी ३० वर्षीया महिला
  • काठमाडौँकी ५१ वर्षीया महिला
  • भक्तपुरकी ६२ वर्षीया महिला
  • पर्साका ४८ वर्षीय पुरुष
  • पर्साका ३९ वर्षीय पुरुष
  • सिरहाका ८४ वर्षीय पुरुष
  • गोरखाका ३८ वर्षीय पुरुष
  • कास्कीका ५८ वर्षीय पुरुष
  • काठमाडौँका ८३ वर्षीय पुरुष
  • ललितपुरका ७२ वर्षीय पुरुष
  • ललितपुरका ६१ वर्षीय पुरुष
  • भक्तपुरका ८२ वर्षीय पुरुष

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

प्रकाशित : भाद्र १३, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?