कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद गरिँदैन : मन्त्री ढकाल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताएका छन् । उनले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद गरिँदैन : मन्त्री ढकाल

शुक्रबार मन्त्रालयमा चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय संघ (हिसान), नर्सिङ एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । मन्त्री ढकालले कतिपय अवस्था बनिसकेको कार्यविधि वा निर्देशिकाहरुमा पनि त्रुटि भएमा त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताउँदै स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने बताए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले विभिन्न जनशक्तिलाई राज्यले सदुपयोग गर्न सक्ने बताए । उनले भने, ‘नमुना संकलनमा, पीसीआर परीक्षणमा पनि सहयोग गर्न सक्छौं । सबै सरोकारवालालाई एकै ठाउँमा राखेर एकद्धार प्रणालीको काम होस् ।’

राष्ट्रिय चिकित्साकर्मी संघका भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीले सबैठाउँमा भत्ता पाएका नपाएको बताउँदै पर्याप्त पीपीईहरु उपलब्ध गराउने र ढुक्कसँग काम गर्ने वातावरण बनाइदिनुपर्ने कुरामा जोड दिए ।

६४९ तहमा ५ शय्याको अस्पताल सेवा सुरु गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने जनाएको छ । अस्पताल नभएका ६४९ तहमा पाँच शय्याको अस्पतालको सेवा तत्कालै सुरू गरिने स्वास्थ्यमन्त्री ढकालले जनाएका हुन् । यसका लागि आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रबार ६४ करोड निकासा भएको मन्त्रालयले जनाएको छ ।

त्यस्ता अस्पतालमा तत्कालमै कम्तीमा एक जना एमबीबीएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार पनि स्थानीय तहलाई नै जिम्मा दिइएको छ ।

प्रकाशित : भाद्र १२, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?