सार्क मन्त्री स्तरीय अनौपचारिक बैठक हुने

काठमाडौँ — सरकारले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्री स्तरीय अनौपचारिक बैठक आयोजना गर्ने भएको छ । भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो बैठक गर्ने निर्णय लिएको हो ।

सार्क मन्त्री स्तरीय अनौपचारिक बैठक हुने

सरकारका प्रवक्ता युवराज खतिवडाले अनौपचारिक बैठक आयोजन गर्नका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए । यो बैठकमा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी हुनेछन् ।

सार्क सदस्य राष्ट्रद्वय भारत र पाकिस्तानबीचको तिक्तताका कारण सार्क सम्मेलन हुन सकेको छैन । यसअघि सार्क सम्मेलन नेपालमा सन् २०१४ मा आयोजन भएको थियो । नेपालपछि पाकिस्तानले सार्क सम्मेलन गर्ने पालो भए पनि भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो नभएकाले हुन सकेको छैन । यसैबीच सरकारले सार्क देशका मन्त्रीहरुको बैठक आयोजना गर्न लागेको हो ।

त्यस्तै, मन्त्रिपरिषद्ले श्रीलंकामा आयोजना हुने २१ औं बिमस्टेक सिनियर अफिसिअल्स मिटिङमा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : भाद्र ११, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?