कोरोना संक्रमणबाट बारामा थप २ जनाको मृत्यु 

लक्ष्मी साह

बारा — कोरोना भाइरस संक्रमण पुष्टि भएर उपचाररत बाराका थप २ जना पुरूषको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट बारामा थप २ जनाको मृत्यु 

पर्साको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत उनीहरूको मंगलबार राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका-१ का ४२ वर्षीय पुरुष र कलैया उपमहानगर नगरपालिका-१ का ७० वर्षीय पुरूष छन् । श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

प्रहरी नायब उपरीक्षक मिश्रले उनीहरुको बुधबार दाहसंस्कार गरिएको बताए । यो सहित बारामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?