२४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा २ जना महिला र ९ पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा

  • मोरङकी ४६ वर्षीया महिला
  • भक्तपुरकी ५३ वर्षीया महिला
  • कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष
  • महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष
  • बाँकेका ३७ वर्षीय पुरुष
  • काठमाडौँका ५१ वर्षीय पुरुष
  • बाराका ४१ र ४६ वर्षीय २ पुरुष

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

प्रकाशित : भाद्र १०, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना प्रभाव : छतमा गौरा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

गौरा पर्वको अवसरमा काठमाडौंको बुद्धनगरमा घरको छतमा देउडा नाच्दै महिलाहरू ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×