कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीरगन्जमा उपचाररत बाराका दुई संक्रमितको मृत्यु

पर्सा र बारा — नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचार गराइरहेका बाराका दुई जना कोरोना संक्रमिको मंगलबार मृत्यु भएको छ । बाराको सूवर्ण गाउँपालिका ५ औरैया गाउँका ७२ वर्षीय र महागढीमाई नगरपालिका–४ दहियार गाउँका ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए । 

वीरगन्जमा उपचाररत बाराका दुई संक्रमितको मृत्यु

सोमबार कोरोना अस्पतालमा भर्ना भएका ७२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे मृत्यु भएको उनले बताए । मृतकमा ज्वरो, निमोनिया र उच्च रक्तचाप देखिएको थियो ।

महागढीमाईका ५९ वर्षीय पुरुष भदौ ४ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । उनको बिहान साढे ९ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले जनाए । उनमा पनि ज्वरो र निमोनियाको संक्रमण देखिएको थियो ।

प्रकाशित : भाद्र ९, २०७७ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?