कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण 

काठमाडौँ — पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २९ हजार ६४५ पुगेको जनाए । 

कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म पीसीआर विधिबाट ५ लाख ६६ हजार १५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ६२७ पीसीआर परीक्षण भएका छन्

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ ।

गएको २४ घन्टामा फेला परेका नयाँ संक्रमितको विवरण



स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित : भाद्र ४, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?