कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अभिनेत्री र पत्रकारबीच पेशागत मर्यादामा रहने समझदारी

काठमाडौँ — अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने सम्झौता भएको छ । एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन् ।

अभिनेत्री र पत्रकारबीच पेशागत मर्यादामा रहने समझदारी

सुवेदीले उनको नाम नलिइकन 'दाह्रा आएकी हिरोइन' भन्ने टिप्पणी गरेका थिए । विवाद टुङ्गिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । बुधबार टिभीका अधिकारीको रोहवरमा पूजा र सुवेदीबीच सहमति भएको हो । विरोध हुनथालेपछि र शर्माले उजुरी दिएपछि सुवेदीले माफी मागेका थिए ।

पछिल्लो समय चलचित्रसँग सम्बन्धित सात संस्थाले सुवेदीको कार्यक्रममा सहभागी नहुन आव्हान गर्दै संयुक्त विज्ञप्ति नकालेका थिए । विज्ञप्तिको विवादपछि नै आफूहरुले सहमति गराइदिएको अध्यक्ष खड्का बताउँछन् । उनले भने, 'बहिस्कार गरेको हल्ला फैलियो । हामीले बहिस्कार गरेका पनि थिएनौं । कलाकार र पत्रकारबीच नराम्रो होला भनेर सहमतिमा गयौं । उहाँले बारम्बार माफी माग्नुभयो । आइन्दा यस्तो गल्ती नगर्ने भनेर सहमति भएको छ ।'

प्रकाशित : भाद्र ४, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?