कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काठमाडौंमा लुटपाट गर्न धनुषामा योजना

काठमाडौँ — राजधानीका विभिन्न स्थानमा डकैती र लुटपाट गर्न आपराधिक गिरोहले धनुषामा बसेर योजना बनाउने गरेको खुलेको छ ।

काठमाडौंमा लुटपाट गर्न धनुषामा योजना

काठमाडौं माछापोखरीबाट हतियार र गोलीसहित पक्राउ परेका दुई आरोपितको बयानका आधारमा धनुषाबाट अपराध योजना बनाउने शम्भु कार्कीलाई केहीबेर अघि महानगरीय अपराध महाशाखाको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केबाट खटिएको प्रहरी टोलीले कार्कीलाई जिल्लाको धारापानी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

बिहीबार महाशाखाले अमेरिकन २ थान पेस्तोल, म्याग्जिन र १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसीका २७ वर्षीय विकेश पण्डित र लिपुका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको थियो ।

तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना जेल बसेर गएको फागुनमा मात्रै छुटेका थिए । छुटे लगत्तै उनी पुनः अपराध धन्दामा सक्रिय भएको खुलेको छ । तामाङलगायत समूहलाई अपराधमा परिचालन गर्ने मुख्य योजनाकार नै धनुषाका शम्भु कार्की थिए ।

उनी काठमाडौंमा तामाङको समूहलाई हतियार उपलब्ध गराउने मुख्य व्यक्ति पनि हुन् । सिन्धुलीको साविक टाँडी–५ घर भएका उनी पछि धनुषामा बस्दै आएका थिए । महाशाखाका अनुसार उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?