कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बीपी प्रतिष्ठानमा कोरोनाबाट मोरङकी ६७ वर्षीया महिलाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा कोरोनाबाट मोरङकी ६७ वर्षीया महिलाको मृत्यु

मोरङको बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो ।

विराट मेडिकल कलेजले रोग पहिचान गर्न नसकेपछि भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएको र उनमा मुटुको पनि समस्या रहेको थियो ।

प्रकाशित : भाद्र ३, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?