२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । 

एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

नेपालमा कोरोना पुष्टि भएकाहरुमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८५ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९ सय २६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ५६३ जना रहेको छ ।

प्रकाशित : भाद्र २, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?