कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालको झन्डा जलाउने गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेरापर्सन पक्राउ

मातृका दाहाल

काठमाडौँ — नेपालको झन्डा जलाएको देखाइएको गीतको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन इसाक लिम्बुलाई नखिपोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालको झन्डा जलाउने गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेरापर्सन पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो । अरु ६ जना अझै फरार रहेको प्रहरीका एक अधिकारीले बताए । गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको पनि प्रहरीले बताएको छ । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ ।

राष्ट्रिय झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग गर्ने, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउनेजस्ता काम गर्न कानूनले निषेध गरेको छ । यस्ता कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : भाद्र २, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?