एसईईको नतिजा सार्वजनिक

सुदिप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । 

एसईईको नतिजा सार्वजनिक

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

उनले भने,' विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।'

एसईईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : भाद्र १, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?