काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या

मातृका दाहाल

काठमाडौँ — काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् ।

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या

दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा विवाद भएको थियो । पसलेले प्रहरीलाई बताए अनुसार दुई जनाबीच भनाभनपछि झगडा भएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७७ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?