कोरोना संक्रमणबाट २४ घन्टामा ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो- समाचार - कान्तिपुर समाचार

कोरोना संक्रमणबाट २४ घन्टामा ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४२ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ । आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । शुक्रबारसम्म आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

मेची प्रादेशिक अस्पतालको आइसोलेसनबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत पोर्तेल

काँकडभिट्टा — भद्रपुरको मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका १७ जना कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन् । 

निको भएर घर फर्किनेहरुमा ३ जना इलामका र १४ जना झापाका विभिन्न पालिकाका संक्रमित रहेको मेची प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए । जिल्लामै एउटा मात्रै आइसोलेसन २२ शय्याको छ । संक्रमित बढ्दै गएपछि अस्पतालको आइसोलेसन पर्याप्त छैन । त्यही भएर कतिपय पालिकाहरुले क्वारेन्टाइनलाई नै आइसोलेसनको रुपमा प्रयोग गर्दै आएका छन् ।

मेचीनगर–११ को धाइजनमा रहेको क्वारेन्टाइनलाई हालै आइसोलेसन बनाइएको थियो । यहाँ लक्षणरहित संक्रमितहरुलाई मात्रै राखिएको मेचीनगरका स्वास्थ्य शाखाले जनाएको छ । झापामा संक्रमितको संख्या ४ सय नाघेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×