उपत्यकामा थपिए ११९ संक्रमित - समाचार - कान्तिपुर समाचार

उपत्यकामा थपिए ११९ संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । 

२४ घन्टाको अद्यावधिक विवरण सार्वजनिक हुँदा बिहीबार भने उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–८, सिमखर्कका ३५ वर्षीय युवकलाई प्रहरीले आफ्नै भाउजु बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । झारफुक गर्ने बहानामा उनले ४० वर्षीया भाउजुलाई बिहीबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवकविरुद्ध हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । साउन महिनामा मात्रै सल्यानमा ३ बालिकासहित ५ महिला बलात्कृत भएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×