२४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।

जिल्लागत नयाँ संक्रमितको तथ्यांक

  • काठमाडौं ८३
  • पर्सा ७१
  • मोरङ ६३
  • धनुषा ५५
  • ललिपतुर ३०
  • सुनसरी २४
  • महोत्तरी २४
  • बारा २२
  • बाँके २२
  • तनहुँ २२
  • सुर्खेत २१
  • मकवानपुर १९
  • रुपन्देही १४
  • चितवन १४
  • सर्लाही १४
  • सप्तरी १४
  • सिन्धुली ११
  • झापा ९
  • कैलाली ६
  • भक्तपुर ६
  • रौतहट ५
  • बर्दिया ५
  • कपिलवस्तु ५
  • सिराह ३
  • दैलेख ३
  • हुम्ला ३
  • कैलाली ३
  • कञ्‍चनपुर २
  • नवलरासीपूर्व २
  • बारा २
  • उदयपुर १
  • नुवाकोट १
  • सिन्धुलाल्चोक १
  • बाजुरा १
  • धादिङ १
  • दोलखा १
  • कास्की १
  • लमजुङ १
  • पर्वत १
  • स्याङ्जा १
  • दाङ १
  • अछाम १
  • सल्यान १
  • बझाङ १

प्रकाशित : श्रावण ३०, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?