कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'सीआईबी' को नाममा ठगी गर्ने व्यक्ति पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाममा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । धादिङ घर भई काठमाडौं बस्दै आएका र पत्रकारितामा आबद्ध रहेको बताउने शंकरप्रसाद अधिकारीलाई सीआईबीले पक्राउ गरेको हो । 

'सीआईबी' को नाममा ठगी गर्ने व्यक्ति पक्राउ 

बिहीबार पक्राउ परेका अधिकारीबारे सीआईबीले शुक्रबार जानरकारी दिएको हो ।

'काठमाडौंका एक व्यवसायीलाई 'अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले ५ लाख रुपैयाँ दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ' भनी, डर त्रास देखाइ, धम्क्याइ, सीआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेको,' भन्दै अधिकारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

अधिकारीले आफू 'आलोचना साप्ताहिक'मा काम गर्ने पत्रकार भएको बताउने गरेको पनि सीआईबीले जनाएको छ । उनले अन्य व्यक्तिलाई पनि विभिन्न बहानामा ठगी गरेको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?