कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेलम्ची सुरुङको ढोका फेरि डिजाइन

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका पुनः डिजाइन गरिने भएको छ । गत असारको अन्तिम साता पानीको बहाव परीक्षण गर्दा भत्केको ढोका पुनः डिजाइनका लागि स्पेन र पोर्चुगलका परामर्शदातालाई सहभागी गराइएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

मेलम्ची सुरुङको ढोका फेरि डिजाइन

आयोजनाको परामर्शदाता स्पेनको इप्टिसा कम्पनीका प्रतिनिधि पिनाकी रोय अहिले ढोकाको पुनः डिजाइनका लागि नेपाल आएर निर्माण कम्पनीलाई सघाइरहेका छन् । ढोका निर्माण, डिजाइन र जडानको जिम्मेवारी पाएको प्रेसिजन इन्फ्राटेकले परामर्शदाता इप्टिसाको निर्देशनअनुसार चार वटा ढोकाको पुनः डिजाइन सुरु गरेको छ ।

मेलम्चीको मुहान हेलम्बुमा असार ३० मा सुरुङको ढोका भत्कँदा बगाएर एक इन्जिनियरको मृत्यु भएको थियो भने एक जना चालक अझै बेपत्ता छन् । घटनामा अन्य दुई जना घाइते भएका थिए । परीक्षणकै क्रममा ढोका भत्केपछि आयोजनाको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?