पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव कोरोना संक्रमित भएका छन् । काठमाडौंमा सोमबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको मेयर यादवले बताएका छन् । यसअघि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो । 

पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

थप उपचारका लागि मेयर यादव सोमबार हेलिकप्टरमार्फत काठमाडौं गएका थिए । स्वास्थ्य बिग्रिएपछि गत शुक्रबार उनी वीरगन्जको तराई अस्पतालमा भर्ना भएका थिए । चिकित्सकका अनुसार मेयर यादवमा स्वासप्रश्‍वासको समस्या र खकारमा रगत देखिएको थियो । दुबै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पनि कमी थियो ।

हाल उनी धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत छन् । बिहीबार पर्सागढीका मेयर यादवले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै मेयर यादवले लेखेका छन्–‘अहिलेको स्वास्थ्य अवस्था दैनिक सुदृढ छ । क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकारात्मक आत्मबल बढेको छ ।’

कोरोना संक्रमणको घडीमा आफूलाई संयमित राख्न र सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा उनले अपिलसमेत गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?