१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अदालतमा सुनुवाइ बन्द गर : बार 

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरणका अत्यावश्यक निवेदनबाहेक सबैखालका मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको छ । 

अदालतमा सुनुवाइ बन्द गर : बार 

काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण फैलिएको र त्यसले जोखिम बढाएको भन्दै बारले नियमित मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु नै संक्रमित भएको, राजधानी बाहिरका न्यायाधीशहरुमा पनि संक्रमण फैलिएको, अदालतका कर्मचारी तथा कानुन व्यवसायीहरुमा समेत संक्रमण देखिएको भन्दै बारले यसबारे निर्णय गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको हो ।

प्रकाशित : श्रावण २९, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?