कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

५ सय २५ कोरोना संक्रमित थपिए 

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थपिए ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

५ सय २५ कोरोना संक्रमित थपिए 

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

गत २४ घन्टामा १०९ जना निको भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ८ सय ३७ निको भएको छ । यो कुल संक्रमितको ६७ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेका छन् । क्‍वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् ।

२४ घन्टामा ९ हजार ८ सय ५९ पीसीआर परीक्षण भएका छन् । हालसम्म ४ लाख ८३ हजार २८ परीक्षण भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाए ।


प्रकाशित : श्रावण २९, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?