कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गर्भवतीलाई अस्पताल भर्नामा सकस

नेपालगन्ज — बर्दियाको बाँसगढी नगरपालिका–४, लबडाकी २२ वर्षीया रुवि चौधरीलाई चिकित्सकले गत साउन १७ गते सुत्केरी हुने मिति तोकेका थिए । तर, तोकिएको समयमा सुत्केरी व्यथा लागेन ।

गर्भवतीलाई अस्पताल भर्नामा सकस

दुई साता बिते पनि व्यथा नलागेपछि रुविका श्रीमान् रन्जित आत्तिए । त्यसपछि उनले श्रीमतीलाई भर्ना गर्न अस्पताल चहार्न थाले । नेपालगन्जस्थित शिक्षण अस्पतालमा भर्ना नपाएपछि भेरी अस्पताल पुगे ।

प्रसूति गृहका चिकित्सक र नर्समा कोरोना संक्रमण पुष्टि भएकाले उक्त अस्पतालले भर्ना गर्ने अवस्था नरहेको जनायो । अस्पताल भर्नामा भइरहेको ढिलाइले रुविको ज्यान खतरामा परिरहेको थियो । धेरैतिर भौंतारिएपछि मंगलबार नेपालगन्जस्थित माँ जानकी अस्पतालमा शल्यक्रिया गरेर प्रसूति गराइयो । ‘तर, अस्पतालमा भोगेको दुःख भुल्न सक्दिनँ,’ रन्जितले भने ।

सोमबार डुडुवा गाउँपालिकाकी गर्भवती प्रीति खटिकको उपचारमै समस्या भयो । उनले दिनभरि अस्पताल खोज्न सास्ती व्यहोर्नु पर्‍यो । धेरैको पहलपछि सोमबार साँझ माँ जानकी अस्पतालमा उनको शल्यक्रिया भयो ।

पछिल्लो समय चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि अस्पतालका सेवा प्रभावित बन्न थालेका छन् । अस्पतालका प्रसूति गृहलगायत क्षेत्र सिल हुन थालेपछि गर्भवती महिलाले सास्ती खेप्नुपरेको हो । साउनको दोस्रो सातादेखि बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ । को

रोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गएको आइतबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारी कार्यालयलगायत सबै क्षेत्रमा संक्रमण देखिएको छ । सामान्य अवस्थामा भेरी अस्पताल नेपालगन्जमा दैनिक एक दर्जनभन्दा बढी महिला प्रसूति हुँदै आएका थिए । बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?