२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्वास्थ्य मन्त्रालयले भन्यो, 'व्यवसायी तथा कर्मचारीहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनु' 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर अनिवार्य परीक्षण गराउन व्यवसायी तथा कर्मचारीहरुलाई आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयले भन्यो, 'व्यवसायी तथा कर्मचारीहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनु' 

पछिल्लो समय कोभिड १९ को संक्रमण बढेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने बुधबार सूचना जारी गरिएको हो ।

घनाबस्ती भएका जिल्लाहरुका विभिन्न सहरमा कोभिड १९ को संक्रमण बढिरहेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ ।


प्रकाशित : श्रावण २८, २०७७ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?