डोटी बस दुर्घटना : मृत्यु हुने ३ जनाको सनाखत- समाचार - कान्तिपुर समाचार

डोटी बस दुर्घटना : मृत्यु हुने ३ जनाको सनाखत

मोहन शाही

डोटी — डोटीमा बस पल्टिँदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार मृत्यु हुनेमा मंगलसेन–७, अछामकी ५५ वर्षीया धनी शाही , बान्नीगढ जयगढ गाउँपालिका ३ अछामका ६० वर्षीय पदम साउद र चौरपाटी गाउँपालिका वडा नम्बर ४ अछामका ३० वर्षीय टीकाराम विक रहेका छन् ।


भारतबाट आएका यात्रु बोकेर गौरीफन्टा नाकाबाट जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिई अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजे पल्टिएको थियो ।

घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ भने १२ जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याई उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २८, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

ज्योति र केन्द्रबीच ‘न्यानो नानी’ सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच ‘न्यानो नानी’ बेबी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्नेबारे सम्झौता सम्पन्न भएको छ ।

बैंकका प्रमख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबमोजिम बैंकले १० वटा न्यानो नानी बनाउन आवश्यक ८ लाख रुपैयाँ केन्द्रलाई प्रदान गर्नेछ ।

उपकरण बंैक र केन्द्रको सहकार्यमा देशका विभिन्न ग्रामीण अस्पताललाई प्रदान गरिनेछ ।

प्रकाशित : श्रावण २८, २०७७ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×