२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बुटवलको कोरोना अस्पतालमा दुईको मृत्यु : एकलाई कोरोना पुष्टि, अर्काको रिपोर्ट आउन बाँकी

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ ।

बुटवलको कोरोना अस्पतालमा दुईको मृत्यु : एकलाई कोरोना पुष्टि, अर्काको रिपोर्ट आउन बाँकी

कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो,’ उनले भने, ‘२७ गते भर्ना भएका २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।’ दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो । अर्का व्यक्तिको बिहान साढे ३ बजे ज्यान गएको हो । उनलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए । किड्नीमा समस्या रहेका ती व्यक्ति केही महिनाअघि भारतमा पनि उपचार गराएर आएको थापाले बताए ।

प्रकाशित : श्रावण २८, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?