डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

मोहन शाही

डोटी — डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

घाइते भएकामध्य २६ जनाको उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ भने अन्यको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?