कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चौरजहारीमा मारिएका युवाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

चौरजहारीमा मारिएका युवाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विक लगायतका युवाको ज्यान गएको थियो । उनीहरुको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो । यो घटनामा नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?