२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सांसद प्रदीप यादव कोरोनामुक्त

भूषण यादव

वीरगन्ज — पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो । ‘१२ दिनमा कोरोनालाई जितेको छु,’ उनले मंगलबार फोनमा भने, ‘व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएँ ।’

सांसद प्रदीप यादव कोरोनामुक्त

उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । यादवका अनुसार सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको हो । निको भएको रिपोर्ट आए पनि अझै ७ दिन आइसोलेसनमा बस्ने उनले बताए ।

यादवका अनुसार साउन १४ मा उनलाई खोकी लागेको थियो । खोकी केही कम भएपछि १५ गते ज्वरो आयो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो । यादवका पीएसओ र चालकलाई पनि कोरोना देखिएको थियो । पीएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले जनाए ।

आइसोलेसनमा बस्दा २ चम्चा बेसार, २२ पोटी लसुन, कालो नुन, कालो खुर्सानी, दुईवटा प्याज र कागतीको पेस्ट बनाएर दिनको तीनपटक सेवन गर्ने गरेको उनले बताए । ‘म कोरोना पोजिटिभ भएको खबर फैलिएपछि भारत, मुम्बईका एक मित्रले नरिवल पानी, मौसमको जुस, प्याज, बेसार, लसुन, गिलोय, कागती सेवन गर्न सुझाव दिएका थिए,’ सांसद यादवले भने, ‘बिहान–साँझ योग र व्यायाम पनि गरेँ ।’

प्रकाशित : श्रावण २७, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?