कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डोटीमा घर भत्किँदा चार जनाको मृत्यु

मोहन शाही

डोटी — डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो ।

मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । ढुंगाले छाएको जीर्ण घर भएकाले भत्किएको उनले बताए ।

घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ । चार जना गम्भीर घाइते छन् ।

भत्किएको घरमा दुई गोरु, एक गाई र दुई बाख्रासमेत च्यापिएको प्रहरीले जनाएको छ । जिल्लामा दुई दिनदेखि लगातार पानीसमेत परिरहेको थियो ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?