सात जिल्लामा प्रजिअ फेरिए, ९ सहसचिव र उपसचिवको सरुवा र पदस्थापना

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ । 
गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअसहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गरेका हुन् । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । 

सात जिल्लामा प्रजिअ फेरिए, ९ सहसचिव र उपसचिवको सरुवा र पदस्थापना

गृहका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बनेका छन् । केही समयअघि मात्रै रक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ ।

सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बनेका छन् । हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुसाल प्यूठान, ध्रुव गिरी मनाङ र राजकुमार राई रुकुम पूर्वका प्रजिअ बनेका छन् ।

अरुण पोखरेल लगायत अन्य सहसचिवहरुलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पदस्थापना गरिएको छ ।




प्रकाशित : श्रावण २५, २०७७ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?