कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कोरोना रोकथाम अभियानमा सहयोग गर्न गृहमन्त्रालयको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले कोभिड-१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको अभियानमा सहयोग गर्न अपील गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गर्दै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सबै पक्षसँग अपेक्षा राखिएको जनाएको हो ।

कोरोना रोकथाम अभियानमा सहयोग गर्न गृहमन्त्रालयको आग्रह

'जारी निर्देशनहरु र मापदण्डहरुको पूर्ण पालना गर्ने/गराउने कार्यमा आमनागरिकबाट सक्रिय र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कोभिड-१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको यस अभियानमा सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको छ', विज्ञप्तिमा भनिएको छ ।

कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाईपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको समेत मन्त्रालयले बताएको छ । यसअघि सरकारी विभिन्न निकायबाट जारी भएका निर्देशन, सुरक्षा मापदण्ड पालना नगर्ने करिब ४ लाख व्यक्ति र डेढ लाख यातायातका सधान कारबाही गरिएको छ । मन्त्रालयका अनुसार मास्क प्रयोग नगरी हिँड्ने करिब ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई हालसम्म नियन्त्रणमा लिई सम्झाइबुझाई छाड्ने र कतिपयलाई जरिवानासमेत गरिएको छ । त्यस्तै अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्‍ने करिब ७ हजार ६ सय सवारी साधन र करिब १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

तोकिएको निर्देशनविपरीत सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको समेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय लागू गरिएको यातायातमा जोर बिजोर प्रणालीविपरीत सवारी चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?