अंगरक्षकलाई कोरोना संक्रमण पुष्टिपछि म घरमै छु : नेकपा महासचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेकपा महासचिव विष्णु पौडेल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् । पौडेलसहित उनका अंगरक्षकको शुक्रबार स्वाब संकलन गरिएको थियो । आइतबार आएको रिपोर्टमा पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

अंगरक्षकलाई कोरोना संक्रमण पुष्टिपछि म घरमै छु : नेकपा महासचिव

आफ्नो रिपोर्ट नेगेटिभ आए पनि अंगरक्षकसँगै हिँडेको हुँदा आफू आइसोलेसनमा बसेको महासचिव पौडेलले बताए । ‘शुक्रबार पीसीआर टेस्ट गरेका थियौं । हामी सबैको रिपोर्ट नेगेटिभ आयो । तर पीएसओको रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट आउनुअगाडि हामीसँगै एउटै गाडीमा हिँडिरहेका थियौं । रिपोर्ट आइतबार दिउँसो आयो । त्यसकारण म आइसोलेनमा बसेको छु,’ पौडेलले भने, ‘उहाँ (पीएसओ)लाई कुनै लक्षण देखिएको थिएन ।'

रिपोर्ट आएपछि पौडेलका पीएसओ हस्पिटल गएका छन् भने पौडेल सबै भेटघाट बन्द गरेर घरमा बसेका छन् । उनले भने, 'अब एक/दुई दिनपछि फेरि परीक्षण गर्ने कुरा भएको छ । त्यतिबेलासम्म म घरमै बस्छु ।,’

यसअघि अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि निवासमै छन् । तर, दाहालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपि पुन: परीक्षण हुने भएको छ ।

शुक्रबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : श्रावण २५, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?