भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन पेश- समाचार - कान्तिपुर समाचार

भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन पेश

कान्तिपुर संवाददाता

काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्टको योग्यता नपुग्‍ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन पेश भएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्‍ने दाबीसहित निवेदन पेश गरेका हुन् । समय अभाव पनि भएको, अनि केही आवश्यक कागजात नपुगेकाले निवेदन दर्ता नभएको उच्च अदालत पाटनले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः

बिचौलियालाई नै लगानी बोर्ड लगिँदै

आयोजनाका बिचौलियालाई बोर्डको जिम्मा

प्रकाशित : श्रावण २५, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

चन्दननाथ र तिलामा निषेधाज्ञा

एलपी देवकोटा

जुम्ला — थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले २ स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिलानदी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, तिला गाउँपालिका–५, ढिमकोटसहित पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुड्ग्री र दक्षिणमा खोलीगाउँको क्षेत्रलाई सिल गरिएको हो । दुवै स्थानीय तहमा अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार पालिकाहरुमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ ।

संक्रमण देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको क्रममा चन्दननाथ नगरपालिकाको विजयनगर, डाँडाकोट, आचार्यबाँडा र तिला गाउँपालिकाको ढिमकोटका स्थानीयमा संक्रमण देखिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७७ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×