२४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।

२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

प्रकाशित : श्रावण २४, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट काठमाडौंसहित ३ जिल्लामा ३ को मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यस्तै, मोरङ विराटनगर-९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।

प्रकाशित : श्रावण २४, २०७७ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×