मुलुकभर आईसीयू र भेन्टिलेटरमा ६४ जना उपचाररत

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म देशभरी आईसीयू तथा भेन्टिलेटरमा ६४ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ ।

मुलुकभर आईसीयू र भेन्टिलेटरमा ६४ जना उपचाररत

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १, प्रदेश २ मा ३२, वाग्मती प्रदेशमा २६ र प्रदेश ५ मा २ जना संक्रमितको उपचार भइरहेको छ । त्यसैगरी वाग्मती प्रदेशमा भने ३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छैनन् ।


प्रकाशित : श्रावण २३, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?