कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीको बधाई 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उनको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको सफलतालाई लिएर बधाई दिएका छन् । ओलीले शुक्रबार राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई दिएका हुन् । ओलीले राजपाक्षको कार्यकालको लागि पनि शुभकामना दिए । 

श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीको बधाई 

राजपाक्षको एसएलपीपीले संसदको २२५ सिटको मध्ये १४५ सिट जितेको थियो भने थप ५ सिट एसएलपीपीकै गठबन्धनमा रहेको पार्टीहरुले हात पारेका छन् ।

दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

दुई प्रधानमन्त्रीले आ–आफ्नो मुलुकमा कोभिड–१९ को संक्रमणविरुद्ध लड्नको लागि भइरहेको राष्ट्रिय अनुभवको आदान–प्रदान गरेका थिए । उनीहरुले कोरोना भाइरस संक्रमण सकिएपछि एक आपसमा उच्चस्तरीय भ्रमण गर्ने सम्बन्धमा पनि कुरा भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार संवादको क्रममा ओलीले नेपालमा सन् २०१५ मा गएको भूकम्पपछि श्रीलंकाले दुई सांस्कृति क्षेत्रको पुननिर्माण गरेको सहयोगलाई लिएर राजपाक्षलाई धन्यवाद दिएका थिए ।

यस्तै राजपाक्षले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी बधाई दिएकाेमा धन्यवाद भन्दै नेपाल भ्रमणको निम्तो दिएकाे ट्वीट लेखेका छन् ।


प्रकाशित : श्रावण २३, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?