कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना परीक्षणको दायरा बढाउनलेलगायत माग राखेर अनशन बसेका अनशनकारीसँग तत्काल वार्ता गर्न कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । साइत नकुरी अनशनकारीसँग वार्ताको पहल गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

‘अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

सरकार स्वयंले अघिल्लो अनशनमा गरेको सम्झौता पालना गर्न माग गर्दा सरकार गम्भीर नदेखिनु अत्यन्तै दु:खद भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो ।’ कांग्रेसले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक रुपमा बढेको चुनौती सामना गर्ने ढंगले नयाँ रणनीति तयार गर्न पनि सरकारसँग माग गरेको छ ।

जनताको जीवनरक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको कांग्रेसको आरोप छ । जनताले महसुस गर्ने गरी काम नगरेकाले सरकारविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु पनि स्वाभाविक नै भएको प्रवक्ता शर्माले बताए ।

केही समययता इनफ इज इनफ अभियानले कोरोना परीक्षणको दायरा बढाउनेलगायतका माग गरेर प्रदर्शन र अनशन कार्यक्रमलाई जारी राखेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?