२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

उपत्यकाका तीन सीडीओबीच छलफल

मातृका दाहाल

काठमाडौँ — राजधानीमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु छलफलमा जुटेका छन् । सरकारले संक्रमण बढेपछि राजधानीमा सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति आवाजावतमा पनि रोक लगाएको छ । 

उपत्यकाका तीन सीडीओबीच छलफल

राजधानीमा संचालित सरकारी र गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुको संचालनबारे नयाँ मापदण्डबारे सीडीओहरुबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छलफल भइरहेको बताइएको छ ।

काठमाडौंका सीडीओ जनकराज दाहालले संक्रमण नियन्त्रण र कार्यालयहरु संचालनबारे छलफल भइहरेको कान्तिपुरलाई बताए । जोरबिजोर र सरकारका निर्णयहरु अटेर गरिए अन्य जिल्लामा जस्तै काठमाडौंमा पनि निषेधाज्ञा जारी गर्न सकिने उनले बताएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २३, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?