मादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई स्प्रिट छ्याप्‍ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको चाबहिलमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई स्प्रिट छ्याप्‍ने पक्राउ

बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि स्प्रिट छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । पीडितलाई अहिले उपचारका लागि तिलगंगा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

टाउको र अनुहारमा स्प्रिट परे पनि आँखाको ज्योतिमा असर नपरेको चिकित्सकको भनाइ उद्धृत गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । विष्टले मादक पदार्थ सेवन गरी सधैं झगडा गर्ने गरेको पनि खुल्न आएको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?