कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

यी हुन् मन्त्रिपरिषद्का बिहीबार सार्वजनिक १८ निर्णय 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ । साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले  रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद्का बिहीबार सार्वजनिक १८ निर्णय 

उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

मन्त्रिपरिषद् बैठकका विस्तृत निर्णय


प्रकाशित : श्रावण २२, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?